|
२०८२ कार्तिक ३०
ओखलढुंगा । ओखलढुंगामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । सिद्धिचरण नगरपालिका–११ का करिब ५३ वर्षका तेजबहादुर भुजेल मृत भेटिएका हुन् ।
शनिबार बिहान करिब ९ बजे घरमा कसैलाई नभनी निस्किएपछि उनी घर नफर्किएपछि खोजी कार्य थालिएको थियो ।
आज आइतबार बिहान स्थानीय बासिन्दाले घरदेखि करिब २०० मिटर दूरीमा रहेको गणेश मन्दिर छेउमा उनलाई मृत अवस्थामा फेला पारेका हुन् । सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक धिरेन्द्र यादवको कमाण्डमा खटिएको टोलीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्