|
२०८२ कार्तिक २८
काठमाण्डौँ । मेयर छाडेर धरानका मेयर हर्क साम्पाङले एमालेको गढबाट फागुन २१ गतेको चुनाव लड्ने तयारीमा जुटेका छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरको मेयर बनेका साम्पाङले आफ्नै नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन् ।
उक्त पार्टी दर्तापछि मेयर साम्पाङ अब आफै चुनाव लड्छन् कि अरूलाई चुनाव उठाएर समर्थन मात्र गर्छन् भन्ने धेरैको चासोको विषय बनेको छ ।
पार्टी अध्यक्षसमेत रहेका मेयर साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरिरहेको श्रम संस्कृति पार्टीका महासचिव आरएन राईले जानकारी दिएका छन् ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्