|
कार्तिक २२, २०८३
काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध लगाउँदै स्वदेशी फूलमाला किनबेचका लागि ३३ वटा स्थान तोकेको छ।
महानगरले नयाँ बानेश्वर, चाबहिल, कलंकी, सुन्धारा, स्वयम्भू, कालिमाटीलगायत विभिन्न क्षेत्रमा बिक्रीस्थल उपलब्ध गराएको छ। नेपाली किसानले उत्पादन गरेका फूलले बजार पाऊन् र उपभोक्तालाई खरिदमा सहज होस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको महानगरले जनाएको छ।
तोकिएको व्यवस्थाविपरीत प्लास्टिकका फूलमाला तथा गुणस्तरहीन सजावटका सामग्री बिक्री गरेको पाइएमा महानगर प्रहरी बलले जफत गर्ने चेतावनी दिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्