मेष
आज परिवार तथा आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ। स्वादिष्ट परिकारको आनन्द लिन पाइनेछ। आफ्नो कार्यक्षेत्रमा प्रभाव बढाउन सकिनेछ भने अध्ययनमा पनि राम्रो उपलब्धि हासिल हुने सम्भावना छ। आत्मविश्वास बढ्नेछ। शुभ रंग हरियो र शुभ अंक ४।
वृष
आज सोचेजस्ता काम पूरा गर्ने अवसर मिल्न सक्छ। विदेशमा अध्ययन गर्ने योजनामा रहेकाहरूका लागि सकारात्मक बाटो खुल्ने संकेत छ। निरन्तरको मेहनतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। शुभ रंग रातो र शुभ अंक ५।
मिथुन
अधुरा तथा लामो समयदेखि रोकिएका काम अघि बढाउन सकिने दिन छ। विभिन्न चुनौती सामना गर्दै लक्ष्यतर्फ अगाडि बढ्ने अवसर मिल्नेछ। आर्थिक लाभको लोभ देखाउने व्यक्तिबाट भने टाढै रहनुहोला। आवश्यक काममा खर्च बढ्न सक्छ। शुभ रंग खैरो र शुभ अंक ९।
कर्कट
पेशागत जीवनमा उच्च अधिकारी तथा जिम्मेवार व्यक्तिको साथ मिल्ने सम्भावना छ। साझेदारीमा सञ्चालित व्यवसायबाट फाइदा हुन सक्छ। विगतमा गरेको कामको बाँकी रकम प्राप्त हुने योग छ। स्वास्थ्यमा पनि अनुकूलता रहनेछ। शुभ रंग कलेजी र शुभ अंक ७।
सिंह
आज प्रभावशाली व्यक्तिहरूसँग चिनजान र सम्बन्ध विस्तार हुने अवसर मिल्न सक्छ। आम्दानीका नयाँ सम्भावित स्रोत पहिचान गर्न सकिनेछ। तर जागिर तथा व्यवसायसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय गर्दा अनावश्यक शंका र अन्योलमा नपर्नुहोला। शुभ रंग निलो र शुभ अंक ६।
कन्या
थोरै मेहनतबाट पनि भविष्यमा ठूलो उपलब्धिको आधार तयार हुन सक्छ। विद्यार्थीहरूका लागि अध्ययनमा रुचि बढ्ने समय छ। शिक्षक तथा अनुभवी व्यक्तिको सुझावले कठिन काम सहज बनाउन सहयोग पुग्नेछ। नयाँ अवसरको ढोका खुल्न सक्छ। शुभ रंग खैरो र शुभ अंक ८।
तुला
आज कार्यक्षेत्रमा गरेको मेहनतअनुसार प्रतिफल पाउन केही कठिनाइ हुन सक्छ। अनपेक्षित परिस्थितिले समस्या निम्त्याउन सक्ने भएकाले संयम अपनाउनुहोला। आध्यात्मिक तथा धार्मिक गतिविधितर्फ आकर्षण बढ्न सक्छ। कुनै नयाँ निर्णय लिनुअघि पर्याप्त विचार गर्नु उचित हुनेछ। शुभ रंग सेतो र शुभ अंक ५।
वृश्चिक
घरपरिवार वा नजिकका प्रियजनको आगमनले दिन उल्लासमय बन्न सक्छ। शुभचिन्तकबाट आवश्यक सहयोग प्राप्त हुनेछ। संगीत, कला तथा सिर्जनात्मक क्षेत्रमा आबद्ध व्यक्तिका लागि उपलब्धिमूलक समय रहन सक्छ। व्यापारमा पनि लाभको सम्भावना छ। शुभ रंग गुलाबी र शुभ अंक ७।
धनु
विद्यार्थीहरूका लागि आजको दिन विशेष उत्साहजनक रहन सक्छ। नयाँ विषयको अध्ययन तथा सिकाइमा सफलता मिल्ने संकेत छ। कार्यक्षेत्रमा चुनौतीपूर्ण जिम्मेवारी पूरा गर्न सकिनेछ। आफ्नो क्षमता प्रदर्शन गर्ने अवसरलाई सदुपयोग गर्नुहोला। शुभ रंग सुन्तला र शुभ अंक २।
मकर
अघिल्ला निर्णयका कारण आज कार्यक्षेत्रमा केही चुनौती सामना गर्नुपर्ने हुन सक्छ। ठूला योजना र भविष्यका रणनीति सबैसँग साझा नगर्नु नै उपयुक्त हुनेछ। काममा परिवार तथा सन्तानको साथ मिल्ने सम्भावना छ। शुभ रंग पहेँलो र शुभ अंक ४।
कुम्भ
आज जागिर तथा पेशागत क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न सकिनेछ। उद्योग र व्यापारमा आर्थिक लाभ दिने नयाँ काम सुरु गर्ने अवसर मिल्न सक्छ। अरूका सुझावलाई पनि सकारात्मक रूपमा लिनुहोला। बदलिँदो मौसमका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सतर्क रहनुहोस्। शुभ रंग रातो र शुभ अंक १।
मीन
व्यापार व्यवसायमा आर्थिक लाभको सम्भावना देखिन्छ। साहस र आत्मबलले प्रतिकूल अवस्थालाई अनुकूल बनाउन सकिनेछ। साथीभाइबाट आवश्यक सहयोग प्राप्त हुन सक्छ। अनलाइन कारोबार तथा आर्थिक लेनदेन गर्दा भने विशेष सतर्कता अपनाउनुहोला। शुभ रंग हरियो र शुभ अंक ५।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्