|
कार्तिक १९, २०८३
काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयअन्तर्गतको छनोट समितिको सिफारिसका आधारमा थापालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
नियुक्तिपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
शपथपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विकास र विस्तारका लागि निडर तथा निर्धक्क भएर काम गर्न नवनियुक्त अध्यक्षलाई निर्देशन दिएका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्