कपनमा मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुका शेर्पाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २६

काठमाण्डौँ । काठमाण्डौंमा मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुका पासाङ मिङ्मा शेर्पाको मृत्यु भएको छ । काठमाडौंको कपन पैयुटारमा भएको मोटरसाइकल दुर्घटनामा सोलुखुम्बुका शेर्पाको आइतबार मृत्यु भएको हो ।

कपन पैयुटारस्थित पानी फ्याक्ट्री सडकखण्डमा गएराति बा ८१ प ७३५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका २५ वर्षीय शेर्पाको मृत्यु भएको हो ।

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा घाइते भएका शेर्पाको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *