|
अशोज १५, २०८३
गुल्मी । पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोरअन्तर्गत हर्मिचौर–अर्वेनी–पुर्तिघाट सडकखण्ड पुनः सञ्चालनमा आएको छ।
वर्षासँगै विभिन्न स्थानमा लेदो, ढुंगा र पहिरो खसेर सडक बन्द भएको थियो। कालीगण्डकी गाउँपालिका र सडक डिभिजन कार्यालय पाल्पाको समन्वयमा डोजर तथा एक्साभेटर प्रयोग गरी पहिरो हटाएपछि बुधबार बेलुकादेखि सडक खुलेको हो।
सडक सञ्चालनमा आएपछि तम्घास, बागलुङ, पाल्पा, बुटवल र पोखरातर्फ जाने सवारीसाधन पुनः चल्न थालेका छन्।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्