सिप्रिङ खोलामा बाढीको क्षति, विद्युत् प्रवाह प्रभावित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण ६

काठमाडौं — दोलखाको गौरीशंकर गाउँपालिकामा रहेको सिप्रिङ खोला जलविद्युत् आयोजनामा बाढी र पहिरोका कारण विद्युत् उत्पादन अवरुद्ध भएको छ।

आयोजना सञ्चालक सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडका अनुसार बाढीले आयोजनाका मुख्य संरचनामा क्षति पुर्‍याएपछि १० मेगावाट क्षमताको आयोजनाबाट उत्पादन रोकिएको हो।कम्पनीले क्षतिको मूल्याङ्कन र आवश्यक मर्मतपछि मात्र आयोजना पुनः सञ्चालनमा ल्याइने जनाएको छ। रन अफ द रिभर प्रणालीमा आधारित यो आयोजना दोलखामा सञ्चालन हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *