चितवन राइनोजमा पाकिस्तानी लेग स्पिनर उसामा मिर अनुबन्ध

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ३०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजले पाकिस्तानी स्पिनर उसामा मिरलाई टोलीमा भित्र्याएको छ।

टोलीले सामाजिक सञ्जालमार्फत ३० वर्षीय मिरसँग सम्झौता गरेको जानकारी दिएको हो। दायाँहाते लेग स्पिनर मिरले पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्।

उनले पाकिस्तान सुपर लिग, बिग बास लिग र क्यारेबियन प्रिमियर लिगजस्ता चर्चित प्रतियोगितामा समेत अनुभव बटुलेका छन्। मिरको आगमनले चितवनको बलिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ। एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *