|
२०८२ मंसिर २
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज मंगलबार दुई खेल हुँदैछन्।
पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ। दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुने तय भएको छ।
सोमबार सुरु भएको एनपिएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर विजयी सुरुआत गरेको थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटमा जारी प्रतियोगिता मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ। विजेता टोलीले १ करोड १० लाख, उपविजेताले ५१ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ पाउनेछ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्