काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि नामिबियाका अलराउन्डर जेजे स्मिटलाई अनुबन्ध गरेको छ। ३० वर्षीय स्मिट दाँयाहाते ब्याट्सम्यान र बाँयाहाते मिडियम पेस बलर हुन्। यसअघि नामिबियाका रुबेन ट्रम्पलमनलाई समेत अनुबन्ध गरिसकेको लुम्बिनीले नामिबियाबाट दोस्रो खेलाडी भित्र्याएको हो।
स्मिटले नामिबियाका लागि ६७ टी–२० आई खेल्दै ६६ विकेट लिनुका साथै ११८९ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा उनले १०४ खेल खेल्दा ९३ विकेट र १५०८ रनको योगदान दिएका छन्।
यससँगै लुम्बिनीले ५ विदेशी खेलाडी अनुबन्ध पूरा गरिसकेको छ। टीमले यसअघि ट्रम्पलमनसँगै अस्ट्रेलियाका डार्शी शर्ट, इटलीका थोमस ड्राका र अफगानिस्तानका गुल्बादिन नाइबलाई पनि समेटेको थियो।
लुम्बिनीले प्रशिक्षकमा भारतका टिनु योहान्नान र मेन्टरमा आईपीएल विजेता भारतीय प्रशिक्षक रोबिन सिंहलाई भित्र्याएको छ।
टीमले मार्की खेलाडी रोहित पौडेलसहित सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम र तिलक भण्डारीलाई रिटेन गरेको थियो। अक्सनमार्फत दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान र विशाल पटेललाई टोलीमा समावेश गरिएको छ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्