कञ्चनपुरमा किशोरमाथि निर्घात कुटपिट, पाँच जना प्रहरी नियन्त्रणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

कञ्चनपुर । १६ वर्षीय किशोरलाई जंगलमा पुर्‍याएर खुकुरी देखाउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

बेलौरी नगरपालिका–९ को खजुवा जंगलमा गत असोज २३ गते घटना भएको प्रहरीको भनाइ छ। किशोरमाथि दुर्व्यवहार गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोप लागेका पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूमाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग र अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *