|
२०८३ श्रावण ३१
काठमाडौँ — वैदेशिक रोजगारीका लागि इजरायल, अमेरिका र अजरबैजान पठाइदिने भन्दै लाखौँ रुपैयाँ असुलेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हर्षनारायण चौधरी, पदमबहादुर खड्का क्षेत्री र शिवनारायण चौधरी छन्। उनीहरूले क्रमशः ५ लाख, ३ लाख १० हजार र २२ लाख ४६ हजार रुपैयाँ लिएको आरोप छ।
रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। तीनै जनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले विदेश पठाउने नाममा रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति तथा म्यानपावर कम्पनीको आधिकारिकता जाँच गर्न आग्रह गरेको छ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्