|
२०७८ जेष्ठ २४
२४ जेठ । सशस्त्रप्रहरीले लागुऔषधसहित कञ्चनपुरमा दुई जनालाई पक्राउ गरेको छ ।
कञ्चनपुरकै वेदकोट नगरपालिका-५ निवासी २७ वर्षीय सुरेश नेपाली र सोही ठाउँका २८ वर्षीय सन्तोष बिष्ट पक्राउ परेका हुन्।
उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगरसहित एउटा मोटरसाइकल, दुईवटा मोबाइल र नगद एक हजार सात सय रुपैयाँ पनि बरामद गरिएको छ । बरामद गरिएका सामानसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्