दसैँ बजारमा पोखरा भित्रिए १४ हजारभन्दा बढी भेडाच्याङ्ग्रा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २७

पोखरा । दसैँको किनमेललाई लक्षित गर्दै पोखराका दुई स्थानमा भेडाच्याङ्ग्राको व्यापार सुरु भएको छ। यस वर्ष विभिन्न हिमाली जिल्लाबाट १४ हजार ८०० भेडाच्याङ्ग्रा पोखरा ल्याइएको छ।

महानगरपालिकाका अनुसार सिमपानी र हेमजामा हाटबजार सञ्चालनमा छन्। बजारमा च्याङ्ग्रा प्रतिकेजी १ हजार २५० रुपैयाँसम्म र भेडा प्रतिकेजी ७०० रुपैयाँमा बिक्री भइरहेको छ।

चाडपर्वमा पशुको माग बढ्ने भएकाले सम्बन्धित निकायले स्वास्थ्य परीक्षण र बजार अनुगमनसमेत थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *