काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा र खेलकुद क्षेत्रलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उनले आगामी आर्थिक वर्षका लागि शिक्षा तथा खेलकुद क्षेत्रमा दुई खर्ब १८ अर्ब ३० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको जानकारी दिए।
मन्त्री पोखरेलका अनुसार विद्यालय शिक्षाको गुणस्तर सुधार, डिजिटल सिकाइको विस्तार, प्राविधिक शिक्षाको प्रवर्द्धन तथा अनुसन्धानलाई प्राथमिकता दिँदै बजेट व्यवस्थापन गरिएको छ। सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान, विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम र अपाङ्गता भएका बालबालिकाका लागि विशेष सुविधालाई निरन्तरता दिइने उनले बताए।
उनले खेलाडीको प्रोत्साहनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार र सम्मानको व्यवस्था गरिएको समेत उल्लेख गरे।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्