विपद्मा सरकारी हेलिकोप्टरको प्रयोगलाई लिएर ओलीको असन्तुष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारी हेलिकोप्टरको प्रयोग कुनै संस्थाको निजी सम्पत्तिजस्तो गर्न नहुने बताएका छन्।

काठमाडौंमा आयोजित पार्टीको जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले बाढीपीडितको उद्धारमा सरकार गम्भीर हुनुपर्ने बताएका हुन्। उनले विगतका विपद्मा देखिएका कमजोरी नदोहोर्‍याउन र उद्धार कार्यमा सबै पक्षलाई समेटेर अघि बढ्न सरकारलाई आग्रह गरे।

विपद्का बेला सरकारले सर्वदलीय सहकार्यसमेत गर्न नसकेको टिप्पणी गर्दै ओलीले उद्धार तथा राहतमा फराकिलो सोच अपनाउनुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *