बाढीपीडितको उद्धारमा सरकारको भूमिकामाथि ओलीको प्रश्न

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवा बाढीपछि उद्धार र राहतमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको आरोप लगाएका छन्।

ओलीले विपद्का बेला प्रभावित नागरिकले सरकारको साथ खोज्नुपर्ने भए पनि उल्टै सरकार कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आएको टिप्पणी गरे। कहिलेकाहीँ सरकारी टोली हेलिकप्टरमा प्रभावित क्षेत्र पुगेको देखिए पनि त्यसअनुसारको उद्धार हुन नसकेको उनको भनाइ छ।

उनले उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर र तालिमप्राप्त जनशक्तिलाई समेत परिचालन गर्न दिनुपर्ने बताए। यस्तो जनशक्ति र साधनको उपयोग गर्न सके विपद्मा थप प्रभावकारी काम गर्न सकिने ओलीको दाबी छ।

एमालेका नेता–कार्यकर्ता तथा स्थानीय र प्रदेश जनप्रतिनिधि प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहतमा खटिरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *