|
कार्तिक १४, २०८३
काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को अवशेष र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा मनाङको तालमा सबैभन्दा बढी १०४.६ मिलिमिटर वर्षा मापन भएको छ। लमजुङ, नवलपुर, तनहुँ, पाल्पा र चितवनलगायत क्षेत्रमा पनि उल्लेख्य वर्षा भएको छ।
शनिबार कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
शनिबार अपराह्नपछि चक्रवातको अवशेषको प्रभाव क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्