बीपी राजमार्ग अवरुद्ध, यात्रा गर्न

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १४, २०८३

काभ्रेपलाञ्चोक । काभ्रेको रोशी गाउँपालिका–८ र ९ मा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

पिन्थली र गिम्दीबेँसी क्षेत्रमा पहिरो खसेर सडक बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लगातार वर्षा भइरहेकाले तत्काल सडक खुलाउन कठिन रहेको प्रहरीले जनाएको छ। प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *