एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी र चितवन पहिलो भिडन्तमा

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक १४, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शनिबार दुई रोमाञ्चक खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुनेछन्। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेलले प्रतियोगिताको अंकतालिकामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *