|
२०८२ मंसिर २३
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बिहान ११ बजे काठमाडौंको रत्नपार्कमा जनप्रदर्शन र बृहत सभाको आयोजना गरेको छ।
‘आम निर्वाचन अगावै कसैले नजित्ने, कसैले नहार्ने—देशले जित्ने’ नयाँ राजनीतिक समझदारीका लागि सर्वपक्षीय सम्मेलन बोलाउनुपर्ने मुख्य मागसहित प्रदर्शन गरिएको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।
यससँगै विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न, जेनजी आन्दोलनका सहिद परिवारका माग पूरा गराउन र जनदबाब सिर्जना गर्न प्रदर्शन गरिएको राप्रपाले जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्