काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ ।
‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारासहित नारायणहिटी दरबार अगाडि आमसभा हुनेछ ।
नेकपा ओली समूहको बागमती प्रदेश सङ्गठन अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा २ लाखभन्दा बढी मानिस सहभागी हुने बताए ।
सांस्कृतिक राष्ट्रवादका कुरा सुन्न मनपराउने, राष्ट्रियताको जगेर्ना गर्नुपर्छ भन्नेहरू र विकासप्रेमी मानिसहरू प्रधानमन्त्री ओलीलाई सुन्न आमसभामा सहभागी हुँदैछन्, त्यस्ता मानिसहरूको संख्या कम्तीमा दुई लाख हुनेछ,’ पोखरेलले भने ।
सभामा बागमती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक सहभागी हुनेछन् ।
सभा सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया