नेपाल राष्ट्र बैंकमा ६१ जनाका लागि रोजगारी खुल्यो

DaksuMedia दाक्सु मिडिया
|
मंसिर २, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ६१ जना कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ।

बैंकले सहायक निर्देशक, लेखा तथा लेखापरीक्षण, वाणिज्य कानुन र सूचना प्रविधिसहित सहायक पदमा खुला तथा समावेशी प्रतिस्पर्धामार्फत कर्मचारी भर्ना गर्न लागेको हो।

माग गरिएका पदमध्ये सहायक निर्देशकमा २६, लेखा तथा लेखापरीक्षणमा ३, वाणिज्य कानुनमा २, सूचना प्रविधिमा ४ र सहायक पदमा २६ जना रहेका छन्।

योग्यता पुगेका इच्छुक उम्मेदवारले आगामी मंसिर १७ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयभित्र आवेदन दिन नसक्नेले दोब्बर दस्तुर बुझाएर मंसिर २४ गतेसम्म आवेदन दिन पाउनेछन्।

आवेदन राष्ट्र बैंकको आधिकारिक वेबसाइट www.nrb.org.np वा jobs.nrb.org.np मार्फत अनलाइन दिन सकिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *