|
मंसिर ५, २०८३
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच फाइनल प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल साँझ ५ बजे सुरु हुनेछ।
गत संस्करणको फाइनलमा पनि भिडेका यी टोलीमध्ये लुम्बिनी साविक विजेता हो भने सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ। यसअघि दुईपटक फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपालि इतिहास बदल्ने दाउमा छ।
लिग चरणमा शीर्ष दुई स्थानमा रहेका दुवै टोलीले यसअघि पनि एकअर्कासँग प्रतिस्पर्धा गरिसकेका छन्। दुवै भेटमा लुम्बिनी विजयी भएको थियो। कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी उपाधि जोगाउने लक्ष्यमा छ भने दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बन्न चाहन्छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्