गणतन्त्र सुदृढ बनाउन सबैको भूमिका आवश्यक : गगन थापा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १५

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् । गणतन्त्र दिवस–२०८३ को अवसरमा शुभकामना दिँदै उनले जनआन्दोलन २०६२/६३ बाट प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतान्त्रिक मूल्य र संविधानलाई थप सुदृढ गर्नुपर्ने उल्लेख गरे ।

उनले गणतन्त्रकै माध्यमबाट नेपाललाई समृद्ध र विकसित राष्ट्र बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । साथै कांग्रेस संसदीय दलका नेता  भीष्मराज आङ्देम्बेले पनि संविधान र गणतान्त्रिक व्यवस्थाको संरक्षण आवश्यक रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *