|
२०८२ फाल्गुन ३
सर्लाही–३ फागुन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश सम्हाल्दा हिंसा र आगो अब रोक्नुपर्ने बताएका छन्।
सर्लाही–४ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका थापाले आगामी पाँच वर्षमा सरकारले जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने बताए।
थापाले भने, “अब सिंहदरबार जल्ने, गोली चल्ने अवस्था हुनु हुँदैन। हामीले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ। जनता कुशासनबाट थाकिसकेका छन्, सुधार आवश्यक छ।”उनले युवालाई रोजगारी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा काम गर्ने प्राथमिकता रहेको बताए।
सभापति थापाले सबै दलसँग सहकार्य गर्दै स्थायी परिणाम दिनुपर्ने जोड दिनुभयो।सर्लाही–४ का मतदातासँग भेटघाट गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्