सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ४

सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–६ क्षेत्रमा बिहीबार राति सशस्त्र प्रहरीले गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ। ताल नजिकैबाट उनीहरूलाई पक्राउ गरिएको हो।

गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीबाट खटिएको टोलीले झापाबाट खाग ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई समातेको जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट एउटा गैँडाको खाग र दुई वटा मोटरसाइकल बरामद गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको नाम भने अनुसन्धान प्रभावित नहोस् भनेर हाल सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार यो अवैध कारोबारमा ठूलो सञ्जाल संलग्न हुन सक्ने आशंका गरिएको छ र त्यसतर्फ केन्द्रित भएर थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *