रुपन्देहीमा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २०

रुपन्देही, २०८२ मंसिर २० – रुपन्देहीको गैडहवा गाउँपालिका-३ पोहवाचोकमा प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत सिद्धार्थनगरको सदरथाना डिहवाका ५२ वर्षीय महमद महमद रमजान र भारतको थानाबासी मरचहवाका ४२ वर्षीय संजय पासी रहेका छन्। उनीहरूको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल र २ राउण्ड गोली बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको टोलीले तत्कालै उनीहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले घटनासँग सम्बन्धित थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *