पश्चिमी प्रणालीको प्रभाव : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १५

काठमाडौँ, फागुन १५ — देशको मौसममा आंशिक बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको माथिल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

यस प्रणालीका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली भएको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहेको जनाइएको छ। तराईका अधिकांश भूभागमा भने मौसम मुख्यतः सफा रहनेछ, यद्यपि बिहानपख केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित हल्का वर्षा हुन सक्छ। साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसममा आउने सम्भावित परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *