काठमाडौँ — नेपाली कांग्रेसका नेता Chandra Bhandari ले पार्टीभित्र देखिएको वर्तमान परिस्थितिमा राजीनामाभन्दा महाधिवेशनमार्फत समाधान खोज्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टी सभापति Gagan Thapa लाई नैतिकताको आधारमा पद त्याग गर्नेभन्दा छिट्टै महाधिवेशन गर्ने निर्णय लिन सुझाव दिएका हुन्।
भण्डारीका अनुसार कांग्रेसको पछिल्लो निर्वाचन प्रक्रिया नियमित ढंगले नभएकाले अब संगठनलाई व्यवस्थित बनाउन र नयाँ नेतृत्व चयन गर्न महाधिवेशन नै उपयुक्त विकल्प हो।
उनले युवापुस्ता क्रमशः कांग्रेसबाट टाढिँदै गएको उल्लेख गर्दै पार्टीलाई पुनर्जीवित गर्न सुधार, नयाँ सोच र नेतृत्व आवश्यक रहेको बताए। अहिलेको अवस्थामा पार्टीलाई छाडेर हिँड्ने होइन, समस्याको उपचार गरेर संगठन जोगाउनु नै जिम्मेवार नेतृत्वको पहिचान हुने उनको भनाइ छ।
भण्डारीले इच्छाशक्ति र साहस भए अझै पनि नेपाली कांग्रेसलाई मजबुत बनाउने सम्भावना रहेको उल्लेख गरेका छन्।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्