कांग्रेस बदल्ने कि बिदा लिने ? विश्वप्रकाश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन माग गर्न इच्छुक महाधिवेशन प्रतिनिधिहरूलाई असोज २४ गतेभित्र हस्ताक्षर गर्न आग्रह गरेका छन्।

उनले आफूले कसैलाई फोन गरेर हस्ताक्षरको आग्रह नगरेको भए पनि सोध्नेहरूलाई हस्ताक्षर गर्न भनेको स्पष्ट पारे। शर्माले विशेष महाधिवेशन विधानअनुसारकै प्रक्रिया भएको बताउँदै, पार्टीलाई कमजोर बनाउने नभई सुधार गर्ने माध्यमका रूपमा प्रस्तुत गरेका छन्।

उनका अनुसार ४०% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरद्वारा विशेष अधिवेशन सम्भव छ, तर पार्टी केन्द्रीय समितिले चाहेमा स्वतः बोलाउन पनि सक्ने विधान व्यवस्था छ।

शर्माले नियमित महाधिवेशन सर्वोत्तम विकल्प भएको उल्लेख गर्दै मंसिर मसान्तभित्र १५औं महाधिवेशन गर्न सकिने विश्वास व्यक्त गरे।

भिडिओ सन्देशमार्फत शर्माले भने, “जो बदलिन्छन् तिनले नेतृत्व लिन्छन्, जो बदलिँदैनन् तिनले बिदा लिन्छन्।”

केन्द्रीय समितिको बैठक असोज २६ गते बस्नेछ, जसअघि हस्ताक्षर दर्ता गर्ने योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *