बाढीपीडितलाई थोत्रा कपडा नदिन झाँक्रीको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २०

काठमाडौं । नेकपा एमाले नेतृ रामकुमारी झाँक्रीले रसुवा र नुवाकोटका बाढीपीडितलाई सहयोग गर्दा फाल्नुपर्ने पुराना कपडा तथा काम नलाग्ने सामग्री नदिन आग्रह गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले विपद्मा परेका नागरिकलाई नयाँ वा प्रयोग गर्न मिल्ने कपडा, भाँडाकुँडा र आवश्यक सामग्री उपलब्ध गराउन दाताहरूलाई अनुरोध गरेकी हुन्।

झाँक्रीले विपद् प्रभावितलाई ‘पुराना थोत्रा लुगा लगाउने मानिस’का रूपमा व्यवहार नगर्न आग्रह गर्दै सामाजिक सञ्जालमा लाइक, भ्युज वा प्रतिष्ठाका लागि सहयोग प्रदर्शन गर्ने प्रवृत्तिको आलोचना गरिन्।

काम नलाग्ने सामग्री विपद् प्रभावित क्षेत्रमा थुपारिँदा व्यवस्थापनमै समस्या हुने भन्दै उनले आवश्यक र उपयोगी वस्तु मात्रै सहयोग गर्नुपर्नेमा जोड दिएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *