कांग्रेस बहुमतको लक्ष्यसहित मैदानमा : डा. प्रकाशशरण महत

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन ३

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा कांग्रेस नै अग्रस्थानमा रहने दाबी गरेका छन्।

नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्था अन्यौलपूर्ण रहेको उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन कांग्रेसको भूमिका महत्वपूर्ण हुने बताए।

उनका अनुसार पार्टीभित्र देखिएका मतभेदहरू स्वाभाविक प्रक्रिया हुन् र ती विषय आन्तरिक छलफलबाट समाधान गरिनेछन्। “निर्वाचनमा हामी एकताबद्ध भएर अघि बढिरहेका छौं। अहिलेको प्राथमिकता बहुमत हासिल गर्नु हो,” उनले स्पष्ट पारे।

डा. महतले नुवाकोटमा दुवै प्रतिनिधिसभा सिट कांग्रेसले जित्ने दाबी गर्दै देशभर पार्टीको पक्षमा सकारात्मक माहोल बनेको उल्लेख गरे।

उनले पुराना दलमध्ये कांग्रेसलाई नै जनताले भरपर्दो विकल्पका रूपमा हेरेको दाबी गर्दै यसपटक उल्लेखनीय सिटसहित पहिलो दल बन्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *