विशेष महाधिवेशन पक्षका कांग्रेस नेता केन्द्रीय बैठकमा नजाने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष २९

काठमाडौं — नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरूले आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेका छन्। बिहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बोलाइएको बैठक बहिष्कार गर्ने उनीहरूले बताएका हुन्।

पार्टीभित्र विशेष महाधिवेशनपछि विवाद चर्किएको छ। संस्थापन पक्षले यसलाई अवैधानिक भनेको छ भने विशेष पक्षधरहरूले नेतृत्व र नीतिगत निर्णयका लागि अघि बढ्ने अडान लिएका छन्। पार्टी विवाद समाधानका लागि आजै दुवै पक्षबीच वार्ता हुने भए पनि मिति र स्थान तय भइसकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *