काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ हालसम्म १ करोड ३ लाखभन्दा बढी मत गणना भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म १ करोड ३ लाख १० हजार ३ सय ३० मत गणना भइसकेको छ।
मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४९ लाख ५८ हजार ७८१ मतसहित पहिलो स्थानमा छ। नेपाली काँग्रेस १६ लाख ७६ हजार ३१० मतका साथ दोस्रो र नेकपा एमाले १३ लाख ९१ हजार ६९८ मतसहित तेस्रो स्थानमा रहेका छन्।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) ले ७ लाख ५४ हजार ४७३ मत पाएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ४८ हजार १७८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २३ हजार ९९ मत प्राप्त गरेका छन्।
अन्य दलमध्ये जनता समाजवादी पार्टी नेपालले १ लाख ७० हजार १३१ र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६५ हजार १०० मत ल्याएका छन्। जनमत पार्टीले ७५ हजार ७३५, गठबन्धन (चकिया/जाँतो चिन्ह) ले ६० हजार ५५१ र नेपाल मजदुर किसान पार्टीले ४१ हजार ८९४ मत प्राप्त गरेका छन्। साथै राष्ट्र निर्माण दल नेपालले ३७ हजार ८६२ मत पाएको छ।
यसैगरी राष्ट्रिय जनमोर्चा, नेपाल जनता संरक्षण पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र नेकपा माओवादीले पनि केही मत प्राप्त गरेका छन्।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्