समानुपातिकमा पनि रास्वपालाई अग्रता, एमाले र नेकपाभन्दा राप्रपा अगाडि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २२

काठमाण्डौँ । प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९ हजार ७२८ मत गणना हुँदा रास्वपाले ११ हजार ५६२ मत पाएको छ ।

दोस्रोमा नेपाली कांग्रेसले तीन हजार ६६४ तत ल्याउँदा एक हजार ७५२ मतसहित राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा) तेस्रो स्थानमा छ ।

एमालेले एक हजार १५२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) श्रम शक्ति पार्टीभन्दा पछि परेको छ ।

श्रम संस्कृति पार्टीले ४४१ मत ल्याउँदा नेकपाले ३९२ मत पाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *