समानुपातिकतर्फ ४४ लाख मत गणना हुँदा कुन दलले कति मत प्राप्त गरे ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २४

काठमाण्डौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ४४ लाखभन्दा बढी मत गणना भइसकेको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४४ लाख एक हजार ९३३ मत गणना भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म समानुपातिकतर्फ २१ लाख ७२ हजार १९ मत प्राप्त गरेको छ । रास्वपाले गणना भएको मतको ४९.३४ प्रतिशत मत प्राप्त गरेको हो ।

यस्तै, नेपाली कांग्रेसले ७ लाख ४२ हजार ९०४ मत प्राप्त गरेको छ । यो सङ्ख्या अहिलेसम्म गणना भएको मतको १६.८८ प्रतिशत हो । नेकपा एमालेले अहिलेसम्म ६ लाख ३२ हजार १६२ मत प्राप्त गरेको छ । एमालेले १४.३६ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले ६.७० प्रतिशत अर्थात् २ लाख ९४ हजार ९०० मत प्राप्त गरेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.६१ प्रतिशत अर्थात् एक लाख ५८ हजार ८३० मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टीले एक लाख २ हजार ६६० मत अर्थात् २.३३ प्रतिशत मत प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *