सुर्खेत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि आफ्नो पाँच वर्षे चुनावी वाचा पत्र कर्णालीको राजधानी वीरेन्द्रनगरबाट सार्वजनिक गरेको छ। पार्टीले यसलाई ‘परिवर्तन उद्घोष’ नाम दिएको छ।
सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापति डोलप्रसाद अर्याल र उपसभापति स्वर्णिम वाग्ले लगायतले संयुक्त रूपमा वाचा पत्र सार्वजनिक गरे।
सभापति लामिछानेले कर्णालीलाई पछाडि पारिएको क्षेत्र भन्दै अब पछाडि पर्न नदिने प्रतिबद्धता जनाए। बहुमत दिए पाँच वर्षमै देशको भविष्य बदल्ने दाबी गर्दै उनले समानुपातिक र प्रत्यक्ष दुवैतर्फ ‘घण्टी’ चिन्हमा मतदान गर्न आग्रह गरे।
वरिष्ठ नेता शाहले कर्णालीको पर्यटन, कृषि र जडीबुटीको सम्भावना उल्लेख गर्दै कर्णालीको उत्पादन देशभर पुर्याउने प्रतिबद्धता व्यक्त गरे। उपसभापति अर्यालले आगामी निर्वाचनलाई निर्णायक अवसरका रूपमा लिन आग्रह गर्दै दुई तिहाइ बहुमत दिलाउन अपिल गरे। वाग्लेले भने मध्यम वर्ग केन्द्रित नीतिमार्फत सुशासन, रोजगारी र पूर्वाधार विकासमा जोड दिइएको बताए।
वीरेन्द्रनगरस्थित घण्टाघर परिसरमा आयोजित सभा करिब साढे दुई घण्टामा सम्पन्न भएको थियो। सुरक्षा निकायका अनुसार सभामा करिब १०–१२ हजार सहभागी थिए।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्