|
२०८२ माघ ५
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष सभा आयोजना गरेको छ ।
सभामा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहितले सम्बोधन गर्दैछन् ।
रास्वपाले मधेशमा पहिलोपटक योस्तरको सभा आयोजना गरेको हो । रवि, बालेनसहितका नेताहरू आइतबार नै जनकपुर पुगेका थिए । रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर झापा ५ को टिकटसमेत दिएको छ ।
आजको सभामा सहभागी हुन तराईका विभिन्न जिल्लाका नेता कार्यकर्ता भेला भएका छन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्