स्वेच्छिक सहयोग लिन पाइने, जबर्जस्ती चन्दा निषेध

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ २४

काठमाडौँ – निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुक तथा समर्थकबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ। तर कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न नपाइने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारले निर्वाचनका लागि छुट्टै बैंक खाता खोल्नुपर्ने र त्यसमा जम्मा भएको रकम व्यक्तिगत प्रयोजनमा खर्च गर्न नपाइने व्यवस्था छ। दुरुपयोग भएमा कारबाही हुने पनि उनले स्पष्ट पारे।

यता, निर्वाचन आयोगले मतपत्र छपाई कार्यलाई तीव्र बनाएको छ। हालसम्म ८४ लाख ४० हजार मतपत्र छपाई भइसकेको छ भने ३२ जिल्लाका लागि आवश्यक मतपत्रको छपाई र प्याकिङ सम्पन्न भइसकेको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *