कोरला नाकाबाट आएका सामान चोभार भन्सारबाट जाँचपास गर्न सकिने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १९

काठमाडौं । मुस्ताङस्थित कोरला नाकाबाट पैठारी भएका वस्तु अब काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गर्न सकिने भएको छ।

भन्सार विभागले मालवाहक सवारीका लागि रुट तोक्दै यस्तो सुविधा दिएको हो। अब मुस्ताङमा सामानको जाँचपास नगरी तोकिएको प्रक्रियाअनुसार सिधै काठमाडौं ल्याएर चोभार भन्सारबाट जाँचपास गर्न सकिनेछ।

विभागका अनुसार भन्सार नियमावलीमा तोकिएका सर्त तथा प्रक्रिया पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहनको सुविधा दिइनेछ।

मालवाहक सवारीले कोरला–नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलंकी हुँदै चोभार सुक्खा बन्दरगाह पुग्नुपर्नेछ।

उक्त रुटमा समस्या आएमा मुग्लिङ–नारायणगढ–हेटौंडा–भैंसे–नौबिसे–कलंकी–चोभार हुँदै बन्दरगाह पुग्न सकिने वैकल्पिक मार्गसमेत तोकिएको छ।

रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि अहिले कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गर्न थालिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *