निर्वाचन आयोगले जनक शिक्षालाई मतपत्र छपाई गर्न दुई करोड दिने

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १३


१३ चैत्र, काठमाण्डौं – निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्रलाई २ करोड मतपत्र छपाई गर्न दिने निर्णय गरेको छ । आयोगले मतपत्र छपाइका लागि तयारी गर्न पनि केन्द्रलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । 


यही चैत १४ देखि मतपत्र छपाई सुरु गर्ने तयारी भएको छ । हिमाली तथा दुर्गम जिल्लाका लागि अलि अगाडि नै मतपत्र छापेर ति क्षेत्रमा पु¥याइने र सुगम क्षेत्रमा पुऱ्याउनका अलि पछि छापिने उनले बताए । केन्द्रलाई आगामी बैशाख २० गतेसम्म मतपत्र छपाइको काम सक्न निर्देशन दिइएको छ । 

यसैबीच आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेको छ । यसअघि करिब १ करोड ७५ लाख मतदाता रहेकोमा दावी विरोधपछि केही घटेर आउने आयोगले अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *