|
२०८२ माघ २३
सोलुखुम्बु। नेकपा एमाले सोलुखुम्बुको टोली दोस्रो चरणको घरदैलो अभियानअन्तर्गत लिखुपिके गाउँपालिकामा पुगेको छ। आज काठमाडौंबाट उम्मेदवारसहितको टोली लिखुपिके आइपुगेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ।
अभियानअन्तर्गत भोलि २४ गते शनिबार लिखुपिके गाउँपालिकाका विभिन्न वडाहरूमा पार्टीका नेता तथा कार्यकर्ताहरूबीच भेटघाट, भेला तथा अन्तर्कृया कार्यक्रम सञ्चालन गरिनेछ। उक्त अभियानको नेतृत्व नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले गरिरहनुभएको छ।
स्थानीय कमिटीद्वारा तयार पारिएको कार्यक्रम तालिकाअनुसार पार्टी नेतृत्वले स्थानीय जनप्रतिनिधि, कार्यकर्ता तथा सर्वसाधारण नागरिकसँग प्रत्यक्ष भेटघाट गरी विचार आदान–प्रदान तथा अन्तर्कृया गर्ने कार्यक्रम रहेको अध्यक्ष बास्तोलाले जानकारी दिनुभयो।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्