|
२०८२ पुष ११
सोलुखुम्बु । लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेसप्रति जनआकर्षण बढ्दै गएको छ । गाउँपालिकाका पाँचै वडामा नयाँ क्रियाशील सदस्यता लिन उल्लेखनीय संख्यामा स्थानीयको सहभागिता देखिएको छ।
नेपाली कांग्रेस वडा नम्बर २ का सभापति मेखबहादुर बस्नेतका अनुसार नयाँ सदस्यताका लागि फर्म वितरण खुला गरिएको २४ घण्टामै सबै फर्म वितरण भइसकेका छन् । केन्द्रबाट लिखुपिके गाउँपालिकाका लागि ३ सय ८५ वटा फर्म पठाइएकामा ती सबै सकिएपछि थप फर्मको माग केन्द्रमा गरिएको उनले जानकारी दिए ।
यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमा समेत लिखुपिके गाउँपालिकामा नेपाली कांग्रेसले बहुमतसहित विजय हासिल गरेको थियो ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
rajeshbasnet
May 31, 2026सोलु खुम्बु लिखुपी के बकान्जे ५ क्रियाशील सदस्यता नम्बर पाउ भन्ने बारे