टिप्पर दुर्घटना, चालकको ज्यान गयो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३०

पाल्पा । पाल्पामा भएको टिप्पर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। रिद्दिकोट गाउँपालिका–२ अन्तर्गत जोर्ते उकालोमा ना ८ ख ३६५ नम्बरको टिप्पर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार नवलपरासीस्थित पाल्पा सिमेन्ट उद्योगबाट गुल्मीतर्फ जाँदै गरेको टिप्पर आज बिहान करिब ४ः३० बजे अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको हो।

दुर्घटनामा टिप्पर चालक केशव परियारको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। मृतकबारे अन्य विवरण भने खुल्न सकेको छैन।

दुर्घटनाको खबर प्राप्त हुनासाथ हाडथोक र अर्गली प्रहरी चौकीबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार तथा प्रारम्भिक अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *