मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १८

काठमाण्डौँ ।  अर्घाखाँचीको पाणिनि गाउँपालिका–३ दुर्घाफाँटमा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल कात्तिक १७ गते साँझ अनियन्त्रित भई सडकछेउमा खसेको थियो।

दुर्घटनामा पाणिनि–४ निगालीका १८ वर्षीय गौतम बिक र २४ वर्षीय सागर विकको मृत्यु भएको हो। घाइते २५ वर्षीय सन्तोष घर्तीलाई थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।

तीव्र गति नै दुर्घटनाको कारण भएको अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *