|
२०८२ कार्तिक २५
मुगु । जिल्लाको सोरु गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बाजुराबाट हुम्लाको पिपलमुडास्थित विद्युत् सबस्टेसनका लागि पोल बोकेर गइरहेको लु ५ त १२३७ नम्बरको ट्याक्टर उकालोमा ब्रेक फेल भएर करिब ७०० मिटर तल खस्दा चालक बाजुरा गौमुल–३ का २४ वर्षका सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा सवार हुम्ला अदानचुली–२ का २८ वर्षका रेशम भण्डारी गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल मुगु लगिएको प्रहरीले जनाएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्