|
२०८२ पुष ९
काठमाडौँ : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार जिल्ला न्यायाधीशहरूलाई पुस १५ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृत तोकिएको हो।
कोशीमा भीष्मराज प्रसाईं, मधेशमा सुभासबाबु पुरी, बागमतीमा गीता श्रेष्ठ, गण्डकीमा हिमलाल बेल्वासे, लुम्बिनीमा प्रकाशप्रसाद पण्डित, कर्णालीमा दीपक ढकाल र सुदूरपश्चिममा भुवनसिंह थापालाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ।
आयोगका अनुसार पुस १६ गते सम्बन्धित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्