जसपा नेपालले प्रधानमन्त्री समक्ष बुझायो २८ बुँदे ज्ञापनपत्र

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर ११

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले शिक्षा, स्वास्थ्य र रोजगारीमा राज्यको प्रत्यक्ष जिम्मेवारी सुनिश्चित गर्न प्रधानमन्त्रीलाई २८ बुँदे ज्ञापनपत्र बुझाएको छ। पार्टीको माग अनुसार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण तथा माफियाकरण अन्त्य गरी सबैका लागि गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्नेछ।

ज्ञापनपत्रमा भनिएको छ कि अत्यन्त गरिब, विपन्न तथा लोपोन्मुख समुदायका लागि निःशुल्क शिक्षा, प्राविधिक तालिम र रोजगारीको अवसर प्रदान गर्न सरकारले ठोस कदम चाल्नुपर्छ। साथै, राजनीतिक नियुक्तिमा भागबण्डाको प्रथा अन्त्य गरी योग्यताको आधारमा समानुपातिक र समावेशी नियुक्ति गरिनुपर्छ भन्ने माग पनि राखिएको छ।

पार्टीले आगामी ११–१५ मङ्सिरसम्म हरेक संसदीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन, कोणसभा तथा जनसंपर्क कार्यक्रममार्फत आफ्नो माग र जनमानसमा जानकारी पुर्‍याउने योजना बनाएको छ। जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, सरकारले जनताको माग बेवास्ता गरेपछि चरणबद्ध संघर्षमार्फत जनता माझ पुग्ने निर्णय गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *